Banijya News

राष्ट्र बैंकद्वारा नोट गन्ने मेसिन खरिदका लागि टेन्डर आह्वान

1
1.2K Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयले नोट गन्ने मेसिन खरिद तथा आपूर्तिका लागि टेन्डर आह्वान गरेको छ । बैंकले नेपाली योग्य कम्पनी तथा फर्महरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरेको हो ।

राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार दरभाउपत्र सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणालीमार्फत पेश गर्नुपर्नेछ । इच्छुक दरभाउपत्रदाताले कम्पनी वा फर्म दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्रको स्क्यान प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दरभाउपत्र २०२६ फेब्रुअरी ३ गते दिउँसो १२ बजेसम्म पेश गर्न सकिनेछ । तोकिएको समयपछि प्राप्त हुने दरभाउपत्र स्वतः अस्वीकृत हुने बैंकले स्पष्ट पारेको छ ।

1

Scroll to Top