Banijya News

आईएमई हस्पिटालिटीका सेवामा सिद्धार्थ बैंकका ग्राहकलाई छुट

1
1.1K Shares

सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बीच सम्झौता भएको छ, जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न सेवा र स्थलमा १० प्रतिशत सम्मको छुट पाउने भएका छन्।

सम्झौताअनुसार, बैंकका ग्राहकहरूले लाजिम्पाटस्थित होटल ले हिमालय, साके एण्ड फेङ्ग रेष्टुरेन्ट, हर्कपुर र बागलुङस्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्टस्, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरास्थित द् लेक रिट्रिटमा कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट लाभ लिन सक्नेछन्।

1

Scroll to Top