सयपत्री हाईड्रोपावरलाई हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति
सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । आयोगले कम्पनीलाई उल्लेखित अनुपातमा हकप्रद निष्कासनका लागि भदौ २० गते पूर्वस्वीकृति दिएको हो । कम्पनीको २०८१ मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चुक्तापूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको…

