Banijya News

समाचार

प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन २७ […]

सिंगटी हाइड्रोको ५ प्रतिशत लाभांश घोषणा

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश आगामी वार्षिक…


  • रवि लामिछानेसँग सोधपुछ गर्दै जेनजी आन्दोलन जाँचबुझ आयोग

    रवि लामिछानेसँग सोधपुछ गर्दै जेनजी आन्दोलन जाँचबुझ आयोग

    उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बुधबार बोलाएको हो । जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको…

  • पहिलो पटक ४२ मेट्रिकटन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    पहिलो पटक ४२ मेट्रिकटन फ्रेन्च फ्राइज अमेरिका निर्यात

    रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकामा सञ्चालित फस्ट च्वाइस फूड्स उद्योगले उत्पादन गरेको नेपाली फ्रेन्च फ्राइज (आलुको परिकार) पहिलोपटक मित्रराष्ट्र अमेरिका निर्यात हुन थालेको छ। यसअघि नेपाली बजार र भारतमा मात्र सीमित निर्यातलाई विस्तार गर्दै उद्योगले तेस्रो मुलुकतर्फ पाइला चालेको हो। फस्ट च्वाइस फूड्सले मङ्गलबार भैरहवा भन्सार कार्यालयमार्फत पहिलो चरणमा २१/२१ टन…

  • हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    हिमालयन डिष्टिलरीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने कात्तिक १९ गते बुधबार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक २० गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम…

  • नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

    नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

    आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लगातार तीन हार बेहोरेको नेपाल यस सिरिजमा जितविहीन बन्ने जोखिममा छ। अमेरिका र यूएईसँगका सुरूवाती दुई खेलमा एकपक्षीय हार बेहोरेको नेपालले अमेरिकासँगको…

  • एसवाई प्यानलको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

    एसवाई प्यानलको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

    एसवाई प्यानल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४० लाख ७६ हजार १५६ कित्ता सेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार…

  • नेपालको सार्वभौम क्रेडिट रेटिङ प्रक्रिया पुनः सुरु, कस्तो आउँला नतिजा ?

    नेपालको सार्वभौम क्रेडिट रेटिङ प्रक्रिया पुनः सुरु, कस्तो आउँला नतिजा ?

    नेपालको दोस्रो वर्षको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) प्रक्रिया पुनः सुरु भएको छ। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी ’फिच’ को टोलीले नेपालको स्थलगत मूल्यांकन शुरू गरेको हो। यसअघि भदौमा जेनजी आन्दोलनका कारण स्थगन भएको यो प्रक्रियालाई फिचले अगाडि बढाएको अर्थ मन्त्रालयले पुष्टि गरेको छ। मंगलबारबाट शुरू भएको टोलीको स्थलगत मूल्यांकन बिहीबारसम्म…

  • काठमाडौंका १९ स्थानमा निःशुल्क इन्टरनेट

    काठमाडौंका १९ स्थानमा निःशुल्क इन्टरनेट

    काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो। मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा…

  • स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान

    स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान

    सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा लिन चाहनेहरूलाई आवेदन दिन २१ दिनको समय दिइएको हो । उद्योगमन्त्री सिन्हाले ल्याएको कार्ययोजनामा माघ महिनाभित्र स्टार्टअप कर्जाको लागि प्रारम्भिक छनोट…

  • शिक्षा मन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्न ५ अर्ब ७१ करोड माग

    शिक्षा मन्त्रीको पहिलो निर्णय कार्यान्वयन गर्न ५ अर्ब ७१ करोड माग

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार सम्हालेपछि गरेको पहिलो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले ठूलो बजेट माग गरेको छ। देशभरका सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर विज्ञान शिक्षकको दरबन्दी कायम गर्न मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ अर्ब ७१ करोड रुपियाँ माग गरेको हो। मन्त्रालय स्रोतका अनुसार, कुल ६ हजार ८ सय १४ माध्यमिक…

  • रुपन्देहीका ४ उद्योगले बक्यौता रकम बुझाएपछि जोडियो बिजुली

    रुपन्देहीका ४ उद्योगले बक्यौता रकम बुझाएपछि जोडियो बिजुली

    रुपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई ट्रंकलाइन विवादको पहिलो किस्तावापतको धरौटी रकम बुझाएपछि ती उद्योग पूर्णरुपमा सञ्चालनमा आएका छन्। धरौटी रकम बुझाएसँगै प्राधिकरणले काटिएको बिजुली लाइन तत्काल जडान गरिदिएको हो। सञ्चालनमा आएका उद्योगहरूमा पञ्चकन्या औद्योगिक समूहका पञ्चकन्या स्टील इण्डष्ट्रिज र पञ्चकन्या प्लाष्टिक उद्योग, साथै सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक…

Scroll to Top