Banijya News

समाचार

ढुवानी व्यवसायीका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने मन्त्री भण्डारीको प्रतिबद्धता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उनले […]

बैंकमा थुप्रियो ६ खर्ब ६१ अर्ब

कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा सुधार, घट्दो ब्याजदर, पर्याप्त तरलतालगायत कारण चालु वर्षको सुरुदेखि कर्जा माग बढ्ने अपेक्षा गरिए पनि अर्थतन्त्रको परिस्थिति सोचेअनुरूप नहुँदा कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको हो । बजार माग घटेको र व्यवसायमा कमी आएकाले निजी…


  • Default Image

    उत्पादन र रोजगारी केन्द्रित बजेटको तयारी गर्न प्रधानमन्त्री दाहालको निर्देशन

    प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । बुधवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्री दाहालले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री…

  • Default Image

    विश्व वित्तीय सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा Visit Merchant Bank कार्यक्रम सञ्चालन

    विश्व वित्तीय सप्ताह २०२४ (GLOBAL MONEY WEEK- 2024) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ०७ गते वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत Visit Merchant Bank कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह खास गरि किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराउने उद्देश्यले ओइसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८…

  • Default Image

    बिजुली पुगेपछि डाडाँझेरी मथारका स्थानीय खुसीले दङ्ग

    गाउँमा बिजुली पुगेपछि नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२, डाडाँझेरी मथारका स्थानीयहरु खुसीले दङ्ग परेका छन् । राष्ट्रिय विद्युत् प्रसारण लाइनले गाउँमा बिजुली पुर्याएपछि गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका यतिबेला सबै खुसी साट्दै छन् । बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष एवं स्थानीय प्रेमबहादुर थापामगर बत्ती पुगेपछि धेरै राहत भएको बताउछन् । यस पहाडी क्षेत्रको…

  • Default Image

    स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

    जनकपुर उपमहानगरपालिका-१० बाट स्रोत नखुलेको नगद १६ लाख ९२ हजार १ सय ५० रूपैयाँसहित महोत्तरी औरही नगरपालिका-३ बस्ने ३६ वर्षीय राम प्रबोध मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकुपरधामबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • Default Image

    कैलालीका एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द

    कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चा पदार्थ को अभाव, सञ्चालन खर्चको अभाव तथा केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि…

  • Default Image

    शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्रीलाई चेम्बरको १७ बुँदे सुझाव

    शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री वर्षमान पुनलाई १७ बुँदे सुझाव दिएको छ । पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन लगायतका विषयमा चेम्बरले अर्थमन्त्री पुनलाई सो सुझाव दिएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नेपालमा आयात हुने बस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ…

  • Default Image

    रामेछापमा निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित

      जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा…

  • Default Image

    सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

    पूर्वसभामुख तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ परेका छन् ।   विद्युतीय चुरोट (भेप)मार्फत भएको निकै ठूलो परिमाणको सुन तस्करी प्रकरणमा दोषी किटान गरिएका महरा कपिलवस्तुबाट आज पक्राउ परेका हुन् ।  उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाण्डौ ल्याइँदै गरिएको  प्रहरी महानिरीक्षक बसन्त कुँवरले…

  • Default Image

    बैंक तथा वित्तीय संस्थाहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

    बैंक तथा वित्तीय संस्थाले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नयाँ महिनाको लागि अघिल्लो महिना नै ब्याजदर तोकिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले यस्तो ब्याजदर सार्वजनिक गरेका हुन् । यसमध्ये अधिकांश १७ वटा बैंकहरुको ब्याजदर घटेको छ । दुई बैंकको ब्याजदर बढ्दा एउटा बैंकको ब्याजदर स्थिर…

Scroll to Top