Banijya News

राजनीति

रुपन्देही–२ मा राप्रपाकी कर्भिकाद्वारा उमेदवारी फिर्ता

रुपन्देही–२ मा राप्रपाकी कर्भिकाद्वारा उमेदवारी फिर्ता

रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपा उमेदवार कर्भिका थापाले उमेदवारी फिर्ता लिएकी छन् । कसैले विरोध र उजुरी नगरे […]

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने

राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी नहुने भएको छ । आइतबार हुने राष्ट्रिय सभाको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभामा राप्रपाको कुनै पनि उमेदवार नभएको र सबै प्रतिनिधि आगामी प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित रहनुपरेका कारणले पनि राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो…


  • कांग्रेस सभापति गगन थापाले आज पदवहाली गर्दै

    कांग्रेस सभापति गगन थापाले आज पदवहाली गर्दै

    नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदभार ग्रहण गर्दैछन्। पार्टीको पहिलो बैठकमा आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश सभापतिहरूलाई बोलाइएको छ। काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दैछन् । काठमाडौँमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष…

  • मकवानपुरका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउने

    मकवानपुरका उम्मेदवारले अधिकतम ३३ लाख खर्च गर्न पाउने

    प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ का लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने उल्लेख छ । आयोगले तोकेको खर्चको सिमाभित्र रहेर निर्वाचनमा उम्मेदवारले…

  • आज उम्मेदवारले चुनाव चिन्ह पाउने

    आज उम्मेदवारले चुनाव चिन्ह पाउने

    आज दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । त्यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले नाम फिर्ता लिन सक्नेछन् । आजै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता…

  • डोजर लगाउने मान्छे आयो भनेर सुकुम्बासी डराउन थाले : ओली

    डोजर लगाउने मान्छे आयो भनेर सुकुम्बासी डराउन थाले : ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाका सुकुम्बासीहरू पनि डराउन थालेको बताएका छन्। बुधबार राष्ट्रिय युवा संघ क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ झापाको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापाका केही स्थानीयहरू डराउन थालेको बताएका हुन्। 'सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको…

  • दल र उम्मेदवारले फेसबुक विज्ञापनमा खर्चिए पाँच हजार अमेरिकी डलर

    दल र उम्मेदवारले फेसबुक विज्ञापनमा खर्चिए पाँच हजार अमेरिकी डलर

    आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालमा प्रचारप्रसारमा ठूलो लगानी गरेका छन् । राजनीतिक दल र उम्मेदवारले पछिल्लो ९० दिनमा फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा ‘स्पन्सर्ड कन्टेन्ट’ मार्फत मात्र करिब पाँच हजार अमेरिकी डलर खर्च गरेका छन् । राष्ट्रिय परिवर्तन पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टी,…

  • भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरूद्ध उजुरी

    भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरूद्ध उजुरी

    भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरूद्ध उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले बताइन्। खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेको र पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नविन…

  • निर्वाजन आयोगद्धारा उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी

    निर्वाजन आयोगद्धारा उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ। मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ। मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३…

  • घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् : ढकाल

    घोषणापत्रमा निजी क्षेत्रका एजेन्डालाई प्राथमिकता दिइयोस् : ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेन्डालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको बुधबार उद्घाटन गर्दै उनले मुलुक निर्वाचनमय भएको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेख्ने तयारीमा रहेकाले निजी…

  • संसदीय चुनावमा एक खर्बको कारोबार हुने, दल र उम्मेदवारको खर्च सिमा कति ?

    संसदीय चुनावमा एक खर्बको कारोबार हुने, दल र उम्मेदवारको खर्च सिमा कति ?

    संसदीय निर्वाचनलाई लक्षित गरी सरकार, राजनीतिक दल र उम्मेदवारको खर्च बढ्दै जाँदा चुनाव अवधिभर एक खर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । निर्वाचनसँगै बढ्ने माग, आपूर्ति र उपभोगले सुस्त रहेको अर्थतन्त्रमा चहलपहल ल्याउने छ । प्रतिनिधिसभाका २७५ सांसद निर्वाचित गराउने चुनावका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भइसकेको छ…

  • महावीर पुनलाई उम्मेदवारी दिने झोक कसरी चल्यो ?

    महावीर पुनलाई उम्मेदवारी दिने झोक कसरी चल्यो ?

    चुनाव नलड्ने अडान दोहोर्याइरहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन एकाएक राजीनामा दिएर स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दी पुगे l र त्यो क्षणमै उनको उम्मेदवारीले देशको राजनीतिक बहसलाई नयाँ मोड दियो। कुनै पूर्वसूचना बिना आएको यो निर्णय उनको आफ्नै भाषामा ‘झोक’ थियो, तर त्यस झोकभित्र शिक्षा सुधार, युवापुस्ताप्रतिको निराशा र राज्य…

Scroll to Top