Banijya News

राजनीति

पार्टीमा आवद्ध भइ उदण्डता मच्चाउनेलाई कारबाही गर्ने रास्वपाको चेतावनी

पार्टीमा आवद्ध भइ उदण्डता मच्चाउनेलाई कारबाही गर्ने रास्वपाको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा पार्टीको नाम लिँदै उदण्डता मच्चाउनेलाई कारबाही गर्ने बताएको छ । अन्य राजनीतिक […]

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय पुगेर जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिएका छन् । सो अवसरमा उनले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिए। गृहमन्त्री अर्यालले भने, ‘आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि…


  • नेपाल प्रहरीका ४८ एसपीको सरुवा

    नेपाल प्रहरीका ४८ एसपीको सरुवा

    नेपाल प्रहरीका ४८ एसपी को सरुवा भएको छ। १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन्। यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ। सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ। बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी…

  • सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

    सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

    बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास तथा भवन कार्यालयको नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएको छ । जेन-जी प्रदर्शनका क्रममा मन्त्रालयको भवनसहित आगजनीले क्षति पुर्‍याएपछि सो भवनबाट सञ्चालन गर्ने तयारी थालिएको हो । ‘आगजनीबाट मन्त्रालयको केही कोठा बाहेक अधिकांश भाग जलेर ध्वस्त छ, त्यसैले मन्त्रालय सञ्चालनका लागि…

  • प्रतिनिधिसभा विघटनपछि ३० वटा विधेयक निष्क्रिय

    प्रतिनिधिसभा विघटनपछि ३० वटा विधेयक निष्क्रिय

    प्रतिनिधिसभाको विघटनपछि ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका विधेयकहरू निष्क्रिय भएका हुन् । निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षा, भूमि, मिडिया काउन्सिल, सूचना प्रविधि तथा साइबर सुरक्षालगायतका विधेयक निष्क्रिय पुगेका छन् । दुवै सभाबाट पारित भए पनि राष्ट्रियसभाबाट आएको सन्देशमाथि प्रतिनिधिसभाले निर्णय…

  • आज प्रधानमन्त्री कार्कीको भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता हुने

    आज प्रधानमन्त्री कार्कीको भारतीय समकक्षी मोदीसँग टेलिफोन वार्ता हुने

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोही समयमा टेलिफोनवार्ता गर्ने सहमति बनेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा…

  • सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

    सर्वोच्च अदालतमा त्रिपालमुनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ शुरु

    भदौ २४ गतेको जेन(जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले नौ दिनपछि बिहीबार ९असोज २० बाट त्रिपालमुनि इजलास सञ्चालन गर्ने भएको छ। आन्दोलनकारीले गरेको आगजनीले अदालतको भवनमा ठूलो क्षति पुगेको थियो, जसका कारण नियमित सुनुवाइ रोकिएको थियो। सर्वोच्च अदालत प्रशासनका अनुसार, अहिले तत्कालका लागि बन्दीप्रत्यक्षीकरणका मुद्दाहरू हेर्नका…

  • दुई वर्षीय छोरो च्यापी धानबारीमा लुकेर बचेँ : नगर प्रमुख रेग्मी

    दुई वर्षीय छोरो च्यापी धानबारीमा लुकेर बचेँ : नगर प्रमुख रेग्मी

    जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको हो । गाउँटोलमै रही जनताको सेवा गरिरहेका जनप्रतिनिधिहरूमाथि अमानवीय ढङ्गबाट आक्रमण गर्ने प्रयास भएकामा…

  • अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

    अरनिको राजमार्ग तत्काल खुलाउन विभागलाई मन्त्री घिसिङको निर्देशन

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् । घिसिङको सचिवालयका अनुसार बुधवार भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले मन्त्री घिसिङसमक्ष तत्काल उक्त राजमार्ग खुलाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसलगत्तै मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई…

  • सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

    सरकारले संविधान दिवस सामान्य रूपमा मनाउने

    सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान सभाबाट बनेको संविधान जारी भएको दिनलाई सरकारले उत्सवको रुपमा मनाउँदै आएको छ । विगतका वर्षहरूमा…

  • बाग्मती प्रदेशका सभामुख पाठकले दिए राजिनामा

    बाग्मती प्रदेशका सभामुख पाठकले दिए राजिनामा

    बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । पाठकले सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत उपसभामुख अप्सरा चापागाईलाई आधिकारिक पत्र पठाएका हुन् । सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम आज बुधबार राजिनामा दिए । गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल…

Scroll to Top