वैदेशिक सहायतामा निर्माण सामग्री आयात गर्दा कर छुट नदिने
सरकारले अबदेखि वैदेशिक ऋण वा अनुदानमार्फत अघि बढाइने पूर्वाधार आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्री आयातमा कर छुट नदिने भएको छ। तर, नेपालमै उत्पादन हुने सिमेन्ट, फलामे डन्डी, पाइप, जस्ता लगायत सामग्रीको प्रयोगमा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने नीति अघि सारेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष…

