May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने मागसहित प्रदर्शन

स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने मागसहित प्रदर्शन

स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पुँजीबजार लगानीकर्ताले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पुँजीबजार संघर्ष समितिको अगुवाइमा प्रदर्शन गरिएको हो ।

Advertisement

उनीहरूले स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने, लगानीकर्तालाई विदेश पलायन गराउने कार्य बन्द गर्नुपर्ने, लगानीमैत्री नीति लागु गर्नुपर्ने, पुँजीबजारमाथिको हस्तक्षेप बन्द गर्नुपर्नेलगायत माग गरेका छन् ।

Advertisement

उनीहरुले ‘लगानीकर्ताहरूले लगानीको सुरक्षा गर, नसके स्टक मार्केट बन्द गर’, ‘स्वदेशी लगानीको संरक्षण गर’, ‘विदेशी लगानीको वातावरण तयार गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सरकारको गलत नीतिका कारण लगानीकर्ता डुबेको प्रदर्शनकारीको भनाइ थियो । स्वदेशी लगानीकर्ता नै पलायन भइरहेको अवस्थामा लगानी सम्मेलन गरेर विदेशी लगानी भित्र्याउन नसकिने प्रदर्शनकारीले जिकिर गरे ।