May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान

सिजीले ल्यायो बिएलडिसी सिलिङ फ्यान

चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बिएलडिसि सिलिङ फ्यान पहिलो पटक बजारमा ल्याएको छ । सो सिलिङ फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत बिद्युत बचत गर्ने कम्पनीले दाबी गरेको छ । उक्त सिलिङ फ्यानमा बजारमा आउने अरु फ्यानको तुलनामा धेरै टिकाउ पनि रहेको बताइएको छ । रिमोटको सुविधायुक्त यो सिलिङ फ्यानमा कम्पनीले मोटर र पिसिबिएमा २ बर्षको वारेन्टी दिएको छ । यो फ्यान आकर्षक ४ वटा कलरमा बजारमा उपलब्ध रहेको छ । नेपालमा चौधरी ग्रुपले सिजी ब्राण्डका उत्पादनहरु आफ्नो च्यानल र डिलर आउटलेटहरु मार्फत वितरण गदै आईरहेको छ ।

Advertisement