Banijya News

एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित हुने

1
1.1K Shares

काठमाण्डौ । एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल ’प्रवल जनसेवा श्री चतुर्थ’बाट विभूषित हुने भएका छन् । संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी अग्रवालज्यूलाई ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित हुने भएका हुन् ।


अग्रवाललाई निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभूषित गर्ने निर्णय भएको हो । अध्यक्ष अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा आफ्ना अध्यक्षलाई प्रतिष्ठित विभूषण दिने सरकारको निर्णयको स्वागत गर्दै एनआइसी एशिया बैंकको व्यवस्थापनले राष्ट्रपति कार्यालय र नेपाल सरकारप्रति कृतज्ञता समेत प्रकट गरेको छ । मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा उनी क्रियाशील रहेका छन् । उनी भिजी फाउण्डेसनमार्फत समाज सेवाको क्षेत्रमा समेत सक्रिय रहेका छन् । उनीसहित करिब २ दर्जन उद्योगी व्यवसायी विभिन्न पदक तथा विभूषणबाट विभूषित भएका छन् ।

1

Scroll to Top