१६ असोज, काठमाण्डौ ।
। नेपालका लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपालमा टोयोटा कोरोला क्रस एसयूभीको बिक्री सुरु गरेको छ ।
थाइल्यान्डमा निर्माण गरिएका विश्व प्रसिद्ध टोयोटा कारको नयाँ संस्करण क्रस एसयूभीे ४ सिलिन्डरको कार टीजीएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्ने कम्पनीले जनाएको छ ।
यो सीभीटी ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयूभी गति छिटो लिने, न्युन उत्सर्जन पैदा गर्ने खालको छ भने यो हलुका सवारीसाधन पनि बनेको कम्पनीले जनाएको छ ।
कारको बाह्य बनोटमा रहेको फ्रन्ट ग्रिलले राम्रो लुक दिन्छ । यो कार कच्ची सडकहरुका लागि समेत चलाउन उपयुक्त छ ।
टोयोटा कोरोला क्रस एसयूभी भित्री रुपमा पनि सुविधाजनक एवं आरामदायी रहेको कम्पनीले जनाएको छ । यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ ।
हाल नेपालमा कोरोला क्रस एसयूभी २ किसिमको उपलब्ध छ । जसअनुसार इन्ट्री मोडलको बजार मूल्य एक करोड १२ लाख र हाई मोडलको एक करोड ३३ लाख रुपैयाँ छ ।


