Banijya News

बढ्यो आन्तरिक तथा वैदेशिक ऋणको हिस्सा

1
1.1K Shares

आइतवार २३, मंसिर २०७६, काठमाडौं
नेपालले विभिन्न विकास आयोजना र सुधारका कार्यक्रम सञ्चालनका लागि लिने आन्तरिक तथा वैदेशिक ऋणको हिस्सा बढेको छ ।
नेपालले आर्थिक गतिविधि र ठूला तथा साना पूर्वाधार विकास गर्र्न आन्तरिक र बाह्य ऋण लिने गरेको छ । चालू आवमा सरकारले १ खर्ब ९५ अर्ब ७१ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर मजबुत भएपछि वैदेशिक दायित्व बढेको बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार एक वर्षको अवधिमा नेपाली मुद्रा डलरसँग ५ रुपैयाँ ९९ पैसा कमजोर भएको छ, जसले गर्दा बाह्य कर्जा तिर्ने दायित्व बढेको छ । द्विपक्षीय र बहुपक्षीय दातृ निकायबाट सरकारले ऋण र अनुदान प्राप्त गर्दै आएको छ । नेपालले एसियाली विकास बैंक (एडीबी), विश्व बैंक, भारत, चीन, जापानलगायत दाताबाट ऋण र अनुदान प्राप्त गर्दै आएको छ । यसरी ऋण लिदै गर्दा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण झण्डै ११ खर्ब पुगेको छ । महालेखा नियन्त्रकको कार्यलयका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म खुद सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब पुगेको हो । सार्वजनिक ऋणलाई नेपालको कुल जनसंख्याले भाग गर्दा एकजना नेपालीको भागमा ३६ हजार ३ सय ९० ऋण पर्छ । कुल ऋणमध्ये आन्तरिक ऋण ४ खर्ब ५२ अर्ब ५९ करोड र वैदेशिक ऋण ६ खर्ब ३१ अर्ब ४१ करोड रहेको छ । आन्तरिक ऋणतर्फ कात्तिकसम्म ६ अर्ब ७० करोड ५७ लाख रुपैयाँ बराबरको व्याज भुक्तानी गरेको कार्यालयले जनाएको छ । ४ महिनामा सावाँ भने ९० करोड मात्र तिरेको छ । बाह्य ऋणतर्फ २ अर्ब ३३ करोड २ अर्ब ३३ करोड सावाँ र ५५ करोड ५३ लाख व्याज भुक्तानी गरेको छ ।


नेपालले सबैभन्दा बढी विश्व बैंकसँग ११ अर्ब ८७ करोड लिएको छ । यस्तै एसियाली विकास बैंक एडीबीसँग ६ अर्ब २१ करोड, भारतसँग ३ अर्ब ३३ करोड ९१ लाख, जापानसँग १ अर्ब ४४ करोड १६ लाख रुपैयाँ ऋण लिएको महानियन्त्रकको कार्यलयले जनाएको छ । यसैबीच पहिलो चौमासिकमा सरकारले प्राप्त गरेको वैदेशिक अनुदान रकम बढेर १० अर्ब ७ करोड पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ५३ करोड रुपैयाँले बढी हो ।

1

Scroll to Top