Banijya News

एक करोड ८४ लाख राजस्व छलेको अभियोगमा तीन कम्पनीका सञ्चालकविरुद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा

1
1.1K Shares

पुस १३, कपिलवस्तु
पछिल्लो समय राजस्व छलीको मुद्धालाई सक्रियताका साथ अनुसन्धान गर्दे आएको राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा तीन कम्पनीका सञ्चालक विरूद्ध कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
आइतबार राजस्व विभागले सुर्तिजन्य पदार्थको कारोबार गर्ने तीन कम्पनीले एक करोड ८४ लाख ४१ हजार २ सय ८० रुपैयाँ राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
मायाँदेवी गाउँपालिका ८ को अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोप्राराइटर ३७ वर्षीय सकिल अहमद फकिरले ५१ लाख ८६ हजार सात सय ४४ रुपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ । फकिरले १२६७.२ केजी अर्धतयारी सुर्तिजन्य वस्तु भन्सार चोरी पैठारी गरी उक्त सुर्तिबाट व्राण्ड विनाको सुर्ति तयार गरेको पाइएपछि विभागले कारवाही गरेको हो ।
त्यसैगरी कपिलवस्तु शिवराज नगरपालिका ५ चन्दौटास्थित एनएस ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दुजमान थापाले ५ लाख ४५ हजार रुपैयाँ राजस्व चुहावट गरेको कसुरमा अदालतमा मुद्दा दर्ता भएको छ । साथै सोही स्थानका लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योगका प्रोप्राराईटर अब्दुल्ला मुसलमानले ७८ लाख ४८ हजार ८ सय ३१ रुपैयाँ बराबरको रकम राजस्व चुहावट गरेको विभागको दावी छ । विभागले यी दुबै सञ्चालकको विगो रकम एक करोड ३२ लाख ५४ हजार ५ सय ३६ रुपैयाँ कायम गरी अदालतमा मुद्दा दायर गरेको हो ।

1

Scroll to Top