पुस १८, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले आगामी माघ ९ गते हुने चुनाबको लागि उमेदवार छानेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र कम्युनिस्ट दाता मानिने बेदुराम भुसाल समेत परेका छन् ।
प्रदेश १ मा इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा तुलसा दाहाल र राधेश्याम पासवान छन् । प्रदेश ३ मा गंगा बेलवासे र बेदुराम परेका हुन् ।
गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी र भगवती न्यौपाने उम्मेदवार छन् । प्रदेश ५ मा विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, कर्णाली प्रदेशमा मायाप्रसाद शर्मा र सुमित्रा विसी परेका छन् । सुदूरपश्चिम प्रदेशमा तारामान स्वांर र शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय नेकपा सचिबालयले बताएको छ ।


