२७ माघ, २०७६, काठमाण्डौ ।
कोरोना भाइरस प्रभावित क्षेत्रबाट नेपालीहरुलाई उद्धार गर्न नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । नेपालीलाई लिन ३ फागुनमा नेपाल एयरलाइन्सको वाइडबडी एयरबस जान लागेको हो ।
कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ ।
वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली रहेका र उनीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।
अभिभावकहरुले समेत विभिन्न निकायमा गएर आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै आएका छन् ।


