Banijya News

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना विशेष अस्पताल बन्दै

1
1.1K Shares

०४ चैत, काठमाण्डौ । 

चितवनको भरतपुरमा कोरोनाको संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न ७० शैयाको अस्थायी अस्पताल निर्माण हुने भएको छ।

उद्योग संघ चितवनको बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘आजैबाट काउन्टडाउन सुरु भयो। ७२ घण्टाभित्र अस्पतालको सेवा सुरु हुन्छ’, उनले भने।

भरतपुर महानगरपालिका र निजी क्षेत्रसँगको सहकार्यमा अस्पताल निर्माण हुन लागेको उनले बताए।

अस्पतालको व्यवस्थापनको लागि १३ जनाको टोली गठन भएको छ।

भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।

1

Scroll to Top