Banijya News

उडान रद्य गर्दै वायुसेवा कम्पनीः रोके काठमाडौं जोड्ने २२ गन्तव्यका उडान

1
1.1K Shares

५ चैत्र, कााठमाडौँ ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ ।

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेसँगै १० मार्च बाट सरकारले अन–अराइभल भिसा बन्द गर्दे, विदेशबाट नेपाल आउने पर्यटक माथी कडाइ गर्न थालेसँगै क्रमशः उडान कटौती शुरु भएको छ । यसैक्रममा भर्खरै १६ ओटा वायुसेवा कम्पनीले २२ वटा गन्तव्यको उडान रद्ध गरेका छन् ।
जसले गर्दा अहिले अन्तराष्ट्रिय तर्फ दैनिक आधा भन्दा बढी उडान रद्द तथा कटौती भइसकेका छन् । नेपाली सहित विदेशी मुलुकका नागरिकलाई विदेशी गन्तव्यमा समेत प्रवेश प्रतिबन्ध गरेपछी वायुसेवा कम्पनीले उडान कटौती गर्न थालेका हुन् ।
मंगलबार साँझ सम्ममा सबै भन्दा बढी चिनियाँ कम्पनी बाट भइरहेका उडान र गन्तव्य रद्द भएका छन् । यसबाहेक नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेका उडान पनी रद्द गरेको छ ।
हिमालय एयरलाइन्स, बुद्ध एयर र नेपाल एयरलाइन्सको विजनेस कोरोनाका कारण नराम्रोसँग प्रभावित बनेको छ ।

कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् ।


1

Scroll to Top