Banijya News

नेपाल एयरलाइन्समार्फत्ची नबाट आयो १२ प्रकारका स्वस्थ्य सामाग्री (तालिका सहित)

1
1.1K Shares

चैत १६ ,काठमाडौ. ।
कोभिड–१९ संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि चीनको ज्याकमा फाउन्डेशन र सरकारले खरिद गरेका स्वास्थ्य सामग्री आज विहान काठमाडौं आइपुगेको छ । चीनको प्रमुख व्यापारी गन्तब्य गोञ्जाओमा ज्याकमा फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले खरिद गरेका सामग्रीहरु काठमाडौं आईपुगेको हो ।
सरकारले ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट सवा एक अर्ब रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरी उसले चीनमा संकलन गरेका सामग्री ल्याएको हो । सम्झौतामा उल्लेख भएअनुसार १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर अर्थात १ अर्ब २४ करोड ६८ लाख नेपाली रुपैयाँका सामग्री सो कम्पनीमार्फत सरकारले खरिद गर्ने सम्झौता गरेको हो ।
सम्झौता अनुसार १ अर्ब २४ करोड बराबरका उक्त सामाग्री तीन पटकमा नेपाल ल्याइसकिने उल्लेख छ । बाँकी सामग्री अप्रिल २ र ५ तारिखमा नेपाल ल्याउने कम्पनीसँग सम्झौता भएको छ ।
सिचुवान प्रदेश र चिनियाँ दूताबासबाट प्राप्त हुने सामग्री १ दशमलव १ मेट्रिक टन् छन् भने दुई फाउन्डेशनले उपलब्ध गराएको समान १ दशमलव ४ मेट्रिक टन हो ।

ती स्वास्थ्य सामग्रीमा गगल्स, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता तथा अनुहार छोप्ने सामाग्री, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि काठमाडौं आउँदैछ ।

पहिलो चरणमा नेपाल आईपुगेका समाग्रीको नामाबली
1

Scroll to Top