Banijya News

वर्षाको कोरोना कोषमा एक लाख

1
1.1K Shares

२० चैत्र २०७६

नायिका वर्षा सिवाकोटीले कोरोना भाइरसको रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा एक लाख दिने घोषणा गरेकी छिन् । लकडाउनका कारण घरमै बसिरहेकी नायिका शिवाकोटीले दैनिक काम गरेर गुजारा चलाउने मजदुरको नाममा एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी हुन् ।

आफैंले राहत किनेर बाँड्ने योजना बनाए पनि सरकारले घरमै सुरक्षित बस्न दिएको निर्देशन पालना गर्दा सहयोग गर्न नसकिएको उनकाे भनाइ छ।

उनले लकडाउनले सबैलाई असर परेको भन्दै यस्तो विपत्तिमा सुरक्षित भएर बस्नुपर्ने सबैको कर्तव्य रहेको बताइन्। 

उनले याे महामारीका बेला खट्ने चिकित्सक, नर्स, सुरक्षाकर्मीलगायतलाई धन्यवादसमेत दिएकी छन्।

1

Scroll to Top