Banijya News

बलजफ्ती नायक सरोज खनाललाई अमेरिकाले फिर्ता लग्यो

1
1.1K Shares

चैंत २५, काडमाडौं ।
नेपालमा रहेर कलाकारितासँगै कुखुरापालन व्यवसाय गरिरहेका नायक सरोज खनाललाई अमेरिकन सरकारले बलपूर्वक लगेको खुल्न आएको छ । अमेरिकन ग्रिनकार्ड रहेका खनाल अधिल्लो हप्ता सम्म पनि नेपालमा नै थिए । अमेरिकन सरकारले आफ्ना नागरिक खोज्ने क्रममा खनाललाई समेत स्वदेश फिर्ता आउन निर्देशन दिएपछि उनी अमेरिका फर्किएका हुन् ।
अमेरिकाले यही आइतबार ३०३ अमेरिकी नागरिकलाई नेपालबाट अमेरिका फर्काएपछि खानाल पनि सोही टोलीमा अमेरिका फिर्किएको खुल्न आएको छ । अभिनेता सरोज खनालको परिवार भने अमेरिकामै रहेको छ । नातिको पास्नीका लागि अमेरिका आउने योजना लकडाउनका कारण स्थगित भएको उनले बताउँदै आएका थिए । त्यो उनको चतु¥याईपूर्ण प्रचार भएको बुझिएको छ । ब्यवहारमा भने अमेरिकन सरकारले आफ्नो नागरिकलाई स्वदेश फिर्ता आउने उर्दी गरेपछि उनी अमेरिका फर्किएका हुन् । नायक खनालको पछिल्लोे ब्यावहारले अमेरिकी नागरिक भैसकेर पनि भरसक त्यो परिचय लुकाएर राष्ट्रप्रेमी नेपाली देखाउन खोज्ने प्रबृद्धि बाहिर आएको हो ।
राष्ट्रभक्तिको ठूलो कुरा गरेर नेपाल फर्केका खनालले अमेरिकी नागरिकता नै त्यागेर नेपाल फर्केको बताउँदै आएका थिए । उनले मिडिया सामु आफू नेपाली रहेको र नेपालमै मर्ने सम्मको उत्तर दिने गरेका थिए । अझ धेरैले त उनले अमेरिकी नागरिकता नै नलिएको र ग्रिनकार्ड त्यागेर नेपाल फर्केको समेत प्रचार गरेका थिए ।
उनी नेपाल फर्केपछि डा. बाबुराम भट्टराईको नयाँ नेपालको केन्द्रीय नेतृत्वमै पुगेका थिए । सो पाटीको केन्द्रीय सदस्य हुनको लागि समेत नेपाली नागरिक हुनुपर्ने अनिवार्य छ ।
उनले नेपाली राजनीतिमा आउन नेपाली नागरिकता कायमै गरेको धेरैलाई लागेको थियो, तर उनले अमेरिकन नागरिकता नै त्याग नगरेको खुल्न आएको हो । आफ्ना नागरिकलाई फिर्ता लैजाँदा खनाल पनि लिष्टमा परेपछि उनको यथार्थता बाहिर आएको हो ।

सरोजले अमेरिका पुगेपछि आफू यस्तो अवस्थामा परिवारसँग नै समय बिताउन उचित ठानेर अमेरिका आएको उल्लेख गरेका छन् । परिवारसँग रमाउँदै गरेको तस्वीर पोष्ट गर्दै उनले जसले जे भनेपनि आफूलाई परिवारसँग नै समय बिताउन मन लागेको उल्लेख गरेका हुन् । उनले जे पर्ला सोही टर्ला भनेर पनि उल्लेख गरेका छन् ।

1

Scroll to Top