चैत २७, काठमाडौं ।
सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएको कूटनीतिक सुविधा खोसेको छ । गएको मङ्गलबार किर्गिस्तानका अवैतनिक दूत भएका ब्याक्ती जगदम्वा गु्रपका संचालक सुलभ अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गर्दे कालोबजारी गरेपछि सरकारले सबै दूतको सुबिधा खोसेको हो । अग्रबालले ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेपछि सरकारले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएको कूटनीतिक सुविधा खोसेको हो ।
अवैतनिक दूतले आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले अवैतनिक दूतलाई उपलब्ध गराउँदै आएको गाडीको निलो प्लेट, झण्डाको उपयोग, सिंहदरबार प्रवेश पास, विमानस्थलको भीभीआईपी कक्ष लगायतको सुविधा खोसेको हो । मन्त्रालयले विज्ञप्ति निकालेर अवैतिनक दूतलाई औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अरु समयमा पनि प्रयोग भएपछि सुविधा फिर्ता गरेको जनाएको छ । मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि उनीहरुलाई उपलब्ध गराउँदै आएको सुविधा खोसेको जानकारी गराएको हो ।


