चैत्र २८, काठमाडौँ ।
युरोपेली युनियनले कोरोना भाइरसका कारण पुगेको आर्थिक क्षतिबाट आफ्ना सदस्य मुलुकहरुलाई उकास्न ५ सय अर्ब पाउण्डको आर्थिक प्याकेज घोषणा गरेको छ । युरो गु्रपका अध्यक्ष मारियो सेन्टेनोले बेल्जियमको ब्रसेल्समा भएको लामो छलफल पछि सो प्याकेज घोषणा गरेका हुन् । जारी गरिएको ५ सय अर्ब मध्ये २ सय ५० अर्ब युरो ऋणमा डुबेका मुलुकहरुको राहतका लागि प्रयोग गर्ने निर्णय भएको छ ।
युरोपियन सेन्ट्रल बैंकले आग्रह गरेको भन्दा सानो प्याकेज घोषणा भएको बीबीसीले उल्लेख गरेको छ । युरोपियन सेन्ट्रल बैंकले १ दशलमव ३ खर्ब युरोको राहत प्याकेजका लागि सिफारिस गरेको थियो ।
इयुको बैठकमा फ्रान्स र इटालीले राखेको विशेष कोरोना प्याकेजको प्रस्ताव भने अस्विकार गरेको छ ।


