वैशाख १४, काठमाडौं ।
र्यापिड टेस्टको विश्वसनियतामाथि प्रश्न उठाउदै कांग्रेसले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रोक्न माग गरेको छ ।
आइतवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवको उपस्थितिमा पार्टीका पदाधिकारी, पूर्व स्वास्थ्यमन्त्री तथा स्वास्थ्य विज्ञहरुको बैठकले उक्त माग गरेको हो।
कांग्रेसले परिक्षण समुदाय स्तरसम्म पुर्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको उल्लेख गर्दै र्यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्ने र पिसिआरकै क्षमता र दायरा बढाइनुपर्ने माग गरेको हो ।
बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘र्यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनुपर्छ ।’
बैठकले स्वास्थकर्मीहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझै पनि नपुगेको, यतिको समय बितदा पनि अझै सामाग्री पर्याप्त नहुँदा स्वास्थ्यकर्मीले जोखिमपूर्ण ढंलगे काम गरिरहेका भन्दै तत्काल गुणस्तरीय सामाग्रीको व्यवस्थापन गर्न समेत आग्रह गरेको छ।
र्यापिड टेस्टलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छैन। हालै मात्र भारतको राजस्थान राज्यमा पीसीआरबाट कोरोना पोजेटिभ देखाएको व्यक्तिमा र्यापिड टेस्ट गर्दा नेगेटिभ देखाएपछि त्यहाँ रोक लगाइएको छ।


