बैशाख ३१ धनुषा । नेपालमा दिन दिनै कोरोना संक्रमित थपिने क्रम बढेको छ । आजै फेरी धनुषामा थप २ जनामा कोरोना संक्रमित भेटिएका छन् । मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो सगँै देशभर संक्रमितको संख्या २ सय १९ पुगेको छ । भने ३४ जना निको भएका छन् । हाल सम्म कसैको पनि कोरोनाका कारण मृत्यु भने भएको छैन ।


