एकै परिवारका एक शिशुसहित १८ जना एकैसाथ विश्वब्यापी रुपमा फैलिकको कारोनाबाट मुक्त भएर घर फर्किएका छन् । पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा रहेका वीरगञ्जको छपकैया निवासी एकै परिवारका सबै निको भएर आइतवार घर फर्किएका हुन् ।
डिस्चार्ज हुनेमा ११ पुरुष र ७ महिला रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार जानकारी दिएका छन् । उपाध्यायका अनुसार चार महिने बालक सहति सबै परिवारलाई आइतावर राती ११ बजे फूलमालासहित अस्पतालले विदाई गरेर घर पठाएको हो ।
गत वैशाख २१ गते छपकैयाका एक जना पुरुषमा कोरोना संक्रमण देखिएपछि उनको परिवारका थप १७ जनाको स्वाब परीक्षण गर्दा गत वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।
गत वैशाख २४ मा ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । परिवारका सबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट निको हुनेको संख्या १०५ पुगेको छ ।


