सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जुन रकम अधिल्लो बर्षको भन्दा उल्लेख्य कम हो । सरकारले चालू आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । बजेट घटीरहँदा चालू आर्थिक वर्षमा सागसहितका ठूला प्रतियोगिता सम्पन्न भएका थिए ।


