Banijya News

थपिए रौतहटमा ५६ जना कोरोना भाइरस संक्रमित

1
1.0K Shares

रौतहटमा ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । शुक्रबार थपिएकामध्ये राजपुर नगरपालिकामा ३३ जना, ईशनाथ नगरपालिकामा १५ जना, बौधीमाई नगरपालिकामा २ जना र मौलापुर नगरपालिकामा ६ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।
बिहीबारसम्म जिल्लामा १ सय २५ जना मात्रै संक्रमित थिए । १ हजार ५ जनाको स्वाब परीक्षण गर्दा १ सय ८१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। अझै ६ सय १३ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
उनका अनुसार सबै स्थानीय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निर्माणाधीन आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
जिल्लामा शुक्रबार दिउँसोसम्म क्वारेन्टाइमा बस्नेको संख्या ६ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् ।

जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला रहेका छन् । जिल्लामा भारतमा रहेका करिब १० हजार बढी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ ।
अझैपनि स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

1

Scroll to Top