क्वारेन्टाइन सुतिरहेका एक ब्याक्तिलाई गोमन सर्पले डसेको छ । जानकी गाउँपालिका–१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई सर्पले टोकेको हो । वडा नं. १ का वडाध्यक्ष मो.रजा राइका अनुसार राति साढे १० बजेतिर सुतिरहेको बेला उनलाई गोमन सर्पले टोकेको हो । ढिलो गरी आएको एम्बुलेन्समा मंगलबार बिहान ८ बजेतिर मात्र उपचारका लागि भेरी अस्पतालमा पठाइएको उनले बताए । सर्पलाई क्वारेन्टाइनमा बसेका अन्य युवाले मारेका थिए ।
क्वारेन्टाइनमा बसेका युवालाई सर्पले टोकेपछिसँगै बसेका अर्का ब्याक्ति भने भागेका छन् । जानकी गाउँपालिका –२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन् । बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट १ जना कोरोना संक्रमित भागेका छन् । भारतको नानपारा ससुराली भएका ती युवा त्यतैतिर भागेको आशंका गरिएको छ ।


