३२ जेठ, काठमाडौं ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ। गाउँपालिका फर्किने क्रममा शर्मा सवार लु १ झ ३७० नम्बरको कार बर्दघाटमा दुर्घटनामा परेको थियो।
सो दुर्घटनामा गम्भीर घाइते भएका उनको नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन्। उनी खतरामुक्त रहेको बताइएको छ।


