२ असार, काठमाडौं ।
आज मंगलबार सुन-चाँदीको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ७ सय तथा तेजावी सुन ८९ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । सोमबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो ।
आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


