३ असार, काठमाडौं ।
बुधबार सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । छापावाला सुन ८९ हजार ८ सयमा कोरोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।
सोमबार प्रतितोला सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो ।
चाँदी बुधबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
लकडाउनको ७६ दिन पछि जेठ २५ गते खुलेको सुनचाँदी बजारमा पहिलो दिन मूल्य ८७ हजार ४०० कायम गरिएको थियो ।


