राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढीमा ३ रहेको हुनसक्ने बताएका छन् । ओलीले २० जना मध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको बताएका हुन् ।
कोरोना संक्रमण भएका व्यक्तिको जुनसुकै कारणले मृत्यु भएपनि कोरोनाकै कारण मान्ने विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण मान्नुपरेको प्रधानमन्त्रीले बताएका छन् । उनले भने, ‘हाम्रो उपचार विधि र हाम्रो प्रतिरोध क्षमताको कारणले निधन हुनेको संख्या धेरै कम छ ।’
प्रधानमन्त्रीले सरकारले कोरोना भाइरसको परीक्षण बढाउने तयारी गरिरहेको बताए ।


