दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार जनामा कोरोना पुष्टि भएको हो ।
चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएपछि अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिएको छ । शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको हो । सङ्क्रमित चिकित्सकको सामान्यावस्था छ ।


