कोरोना संक्रमण पछि सरकारल गरेको लकडाउनका कारण स्थगित भएको नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले महासंघमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति तोकेको हो । आइतवार बसेको पदाधिकारी बैठकको निर्णयलाई सोमबार बस्ने कार्यकारिणीको बैठकले अनुमोदन गरेपछि चुनाब मितिको फाइनल हुन्छ ।
महासंघको विद्यान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नयाँ कार्यसमितिमा स्वतः अध्यक्ष हुनेछन् भने बरिष्ठ उपाध्यक्षमा मुख्य प्रतिस्पर्धा हुनेछ । वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र कशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका अन्य प्रतिस्पर्धीले घोषणा छन् ।


