नेपाल उद्योग वाणिज्य महासंघले आफ्नै पूर्व अध्यक्ष विरुद खेद प्रस्ताब अनुमोदन गरको छ । आज बसेको कार्यसमितिको बैठकले महासंघको इतिहासमा पहिलो पटक पूर्व अध्यक्ष चण्डीराज ढकाल विरुद्ध खेद प्रस्ताव कार्यसमितिबाटै अनुमोदन गरिएको हो ।
महासंघ अध्यक्ष भवानी राणाविरुद्ध सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका व्यवसायी तथा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालविरुद्ध महासंघको केन्द्रीय समितिले खेद प्रस्ताव अनुमोदन गरेको हो ।
महासघंको जेठ २३ गते शुक्रबार बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए । प्रधानले पूर्वअध्यक्ष ढकालले अध्यक्ष राणाको मानमर्दन गरेको भन्दै खेदप्रस्ताव दर्ता गराएका थिए ।
प्रधानले दर्ता गराएको प्रस्तावमा अध्यक्ष राणाले जेठ २५ गते पदाधिकारीबाट पारित गराएकी थिइन् भने सोमबार सो प्रस्तावलाई केन्द्रीय समितिले समेत अनुमोदन गरेको हो । खेद प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेसँगै अध्यक्ष राणाले हस्ताक्षर गरी प्रस्ताव अनुमोदन गर्दे कानूनी मान्यता दिएकी हुन् । यो सँगै महासंघमा पहिलो पल्ट विवादले कानूनी मान्यता समेत पाएको छ ।
महासंघमा चुनाबी समिकरण बन्दै जाँदा ढकालको कारवार्हीलाई विशेष चासोका साथ हेरिएको छ । किनकी ढकाल महासंघमा सबैभन्दा शाक्तिशाली पात्र मानिन्छन् । उनले चाहेका धेरै उमेदवार महासंघमा बिजयी भएका छन् ।
महासंघको केन्द्रीय समितिले खेद प्रस्ताव अनुमोदन हुँदै गर्दा ढकाल पक्षधरले आपत्ति जनाएका एक कार्यसमिति सदस्यले बताए । उनका अनुसार पूर्वअध्यक्ष ढकालका पक्षका व्यवसायी चन्द्रप्रसाद ढकाल र उमेशलाल श्रेष्ठले ढकालले सार्वजनिक रुपमा राखेका कुरालाई यसरी कार्यसमितिबाटै अनुमोदन गरेर कानूनी मान्यता दिन नहुने धारणा राखेका थिए ।
अन्य पदाधिकारीले भने खेद प्रस्तावका पक्षमा आफ्नो समर्थन रहेको भन्दै बोलेका थिए । अन्ततः खेद प्रस्ताव महासंघको कार्यसमितिबाट अनुमोदन गरिएको ति सदस्यले बताए ।


