१० असार, काठमाडौं ।
कृषि विकास बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै शुन्य मौज्दातमा अनलाइनबाटै खाता खोल्ने प्रणाली ल्याएको छ । ग्राहकलाई सरल तरिकाले सेवा प्रदान गर्न र सेवालाई प्रविधिमैत्री बनाउन बैंकले अनलाइनबाटै खाता खोल्ने प्रणालीको सुरुवात गरेको हो ।
वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हालेदेखि नै प्रविधिमा जोड दिएका छन् । हाल बैंकका सवैजसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ ।
उक्त प्रणालीको मिति २०७७(०३(०५ गते शुक्रवार बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।
अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सनेछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरीकले घर, कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ ।
सरकारी बैंकहरु मध्ये अनलाइनबाट खाता खोल्ने सुविधा प्रदान गर्ने यो पहिलो बैंक हो । घरमै बसेर खाता खोल्न सकिने सुविधाले ग्राहकलाई थप सहज हुने बैंकको विश्वास रहेको छ ।


