Banijya News

कोरोना संक्रमितको उपचार गर्ने अस्पतालाई प्रतिब्याक्ति १५ हजार अनुदान

1
1.0K Shares

असार १७, काठमाडौं ।
सरकारले कोरोना सङ्क्रमित ब्यक्तिको उपचारका लागि अनुदान दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित व्ब्यक्तिको अवस्था हेरी प्रति विरामी १५ हजारसम्म दिने भएको हो । विरामीको बर्गिकरण गरेर उपचारवापत स्वास्थ्याकर्मीलाई प्रतिव्ब्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम सम्वन्धित अस्पतालाई उपलब्ध गराउने तयारी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


जनसंख्या मन्त्रालयले होम क्वारेन्टिनमा बसेका व्यक्तिको हेरचाह गर्ने स्वासथ्यकर्मीलाई प्रतिदिन रु. २००, आइसोलेसन सेन्टरमा रहेका साधारण बिरामीको लागि रु. दुई हजार, अस्पतालमा रहेका साधारण बिरामीका लागि रु. तीन हजार ५००, अस्पतालको सघन उपचार का (आइसियु) मा भर्ना हुनुभन्दा अगाडिका बिरामीलाई रु. सात हजार र गम्भीर प्रकृतिका बिरामीलाई रु. १५ हजार दिइने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ ।


प्रस्तावमा रकम खर्चको आधारमा सम्वन्धित संस्थालाई उपलब्ध दिने गरी तयारी भएको छ । व्ब्यक्तिका लागि प्रदेश र स्थानीय तहलाई तथा अस्पतालमा भर्ना भई उपचार भइरहेका बिरामीका लागि सम्बन्धित अस्पताललाई अनुदान दिइने छ ।

1

Scroll to Top