सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शनिबार विहान ११ बजे बस्दै छ । स्रोतका अनुसार नेकपा स्थायी कमिटी बैठक बस्नु अघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्ड बिच छलफल हुने छ ।
दुई पार्टीका अध्यक्ष बिच हिजो शुक्रबार पनि ३ घण्टा लामो छलफल भएको थियो । विनानिष्कर्ष टुंगिएको थियो । हिजो टुंगिन नसकेको मुद्धामा आज छलफल हुने स्रोतको दाबी छ । आजको बैठकमा नेकपामा देखिएको संकट समाधानका लागि नेताहरु लागिपरे पनि ठोस उपलब्धी हाँसिल नभएको परिवेशमा आज फेरी छलफल हुने भएको हो ।


