असार २१, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैंठक आईतवार दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ ।
बैठकमा कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको कामको समीक्षा र समसामयिक बिषयमा छलफल हुने भएको छ । पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा समेत हेरफेर बारे छलफल हुनेछ ।
कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । उक्त कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिन बाँकी रहेको समय आजको बैंठकले अन्तिम रुप दिने तयारी गरेको छ ।
सरकारले ल्याएको नागरिकता संशोधन विधेयक, अख्तियार विधेयक लगायतको कांग्रेसले बिरोध गर्दै आएको छ । यसअघि बुधबारका लागि तय भएको बैठक पार्टीकी नेतृ एवम् प्रतिनिधी सभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि स्थगित भएको थियो ।


