Banijya News

दाङबाट फेरी अर्को सलहको झुण्ड नेपाल प्रबेश गर्योः प्युठान र अर्घाखाँचीमा क्षति गर्न सक्ने अनुमान

1
1.0K Shares

भारतको बहराइचबाट दाङ हुँदै सलहको अर्को झुण्ड नेपाल प्रवेश गरेको छ । बिहान साढे ९ बजेतिर दाङको गढवा गाउँपालिका हुँदै एउटा झुण्ड र दिउँसो एक बजेतिर राप्ती नगरपालिका हुँदै अर्को झुण्ड नेपाल प्रवेश गरेको हो । सो झुण्ड उडेर पूर्व उत्तरतर्फ मोडिएर गएको सलह सूचना केन्द्र प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले बताए ।


सुवेदीका अनुसार स्थानीय स्तरमा गाउँपालिका र नगरपालिकालाई सलह प्रवेश गरेका बारेमा जानकारी गराइसकिएको छ । यसअघि रुपन्देही हुँदै सलहका ५,६ वटा झण्ड नेपाल प्रवेश गरेका थिए । ती झण्ड प्रदेश ५ मा मात्रै सीमित हुँदा अन्नबाली खासै नोकसान हुन पाएको थिएन् ।


यतिबेला तराईमा धान बाली लगाउने सिजन भएकाले पनि लाखौंको संख्यामा सलह प्रवेश गरेको र यसले धान र मकै बालीमा क्षति पु¥यन सक्ने विज्ञको दाबी छ ।

1

Scroll to Top