Banijya News

अस्पताल आएकामा देखियो बढी संक्रमण

1
1.0K Shares

२९ असार, काठमाडौं ।

उपत्यकामा शुक्रबार एकै दिन ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंका २८, ललितपुरका १३ र भक्तपुरका एकजना छन्। एक सातायता उपत्यकामा संक्रमितको संख्या बढिरहेको तथ्यांकले देखाएको छ।

राजधानीका विभिन्न अस्पतालमा उपचारका लागि आएकाहरू सबैभन्दा बढी संक्रमित रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। पाटन र टिचिङ अस्पतालबाट लिइएका नमुनाहरूबाट बढी संक्रमित पुष्टि भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले बताए। उनका अनुसार उपत्यकाका निजी अस्पतालहरूले पठाएका नमुनाबाट पनि संक्रमित थपिएका छन्। ‘केही दिनयता देखिएका धेरैजसो संक्रमित अन्य रोगको उपचार गर्न आएका बिरामीमै संक्रमण देखिएको छ,’ उनले भने।

विदेशबाट आई होटल क्वारेन्टिनमा बसेका पनि रहेको टिचिङ अस्पताल महाराजगन्जका कोभिड–१९ संयोजक डा। सन्तकुमार दासले बताए। ‘केही अस्पतालमा उपचार गर्न आएका बिरामी छन्,’ उनले भने, ‘केही विदेशबाट आएका छन्।’

शुक्रबारसम्म उपत्यकामा कुल संक्रमित तीन सय २७ जना पुगेका छन्। नागरिक दैनिक

1

Scroll to Top