असार ३०, काठमाडौं ।
नेपाल बङ्गलादेश बैंक लिमिटेडले ल्याएको बचत खाता योजनाको बिमा सुविधा अन्तर्गतको १५ लाख बिमा रकम हस्तान्तरण गरेको छ ।
यस अन्तर्गत बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधनभएकोमा सो खातामा रहेको बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको उक्त रकम स्वर्गीय शेर्पाकी श्रीमती पेमलमु शेर्पालार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।
बैंकले असार २९ गते बैकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । हालसम्म बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।


