असार ३०, काठमाडौं ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा इन्जिनियर सहित दुई जना बेपत्ता भएका छन् । हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची आयोजनाको सुरुङमा पानी परीक्षणका क्रममा सुरुङमा समस्या देखिए पछि हेर्न गएका एक जना इन्जिनियर र चालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।
हप्तादिनअघि मलेम्ची आयोजनाको सुरुङमा पानी पठाएर पानी परीक्षण गरिएको थियो । परीक्षणका क्रममा सुरुङमा समस्या देखिए पछि हेर्न गएका ४ जनालाई पानीले बगाएको थियो । उनीहरुमध्ये २ जनाको उद्धार गरि उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ, भने थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भईरहेको छ । बेपत्ता २ जनाकोे खोजी कार्य भईरहेकोे छ ।


