असार ३१, काठमाडौं ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमण पुष्टि हुनेमा नवलपरासी पूर्वका ११ जना र चितवनका ८ जना रहेको अस्पतालले जनाकारी दिएकोे छ । उनीहरु सबै क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको बताइएको छ ।
भरतपुर अस्पतालमा असार ३० गते ३०९ स्वाब नमूनामध्ये १९ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २९० नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।


