Banijya News

नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो

1
1.0K Shares

श्रावण २, काठमाडौं ।
नेपालमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न  २७ प्रयोगशालामा  गरिएको परीक्षणका१ सय १ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको छ । त्यस्तै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भएकोे मन्त्रालयले जनाएको छ । हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् , भने कोरोना संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ ।

1

Scroll to Top