Banijya News

मेची भन्सारले लक्ष्यको ८२ प्रतिशत मात्र गर्यो राजस्व संकलन

1
1.0K Shares

झापा पूर्बी भन्सार नाका मानिने आन्तरिक राजस्व कार्यालय मेचीले लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कोेभिड–१९ का कारण सरकारले लगाएको लकडाउनका कारण लक्ष्य भन्दा कम राजस्व सङ्कलन गरेको हो । कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा विभिन्न शीर्षकमा रु तीन अर्ब एक करोड अर्थात् लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ कार्य क्षेत्र रहेको कार्यालयले गत वर्ष रु तीन अर्ब ६६ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।


कार्यालयले आय करतर्फ रु एक अर्ब २५ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ३७ करोड र अन्तः शुल्कतर्फ रु ३८ करोड र अन्य शीर्षकमा रु एक करोड गरी रु तीन अर्ब एक करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।


अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा भने कार्यालयले १४ प्रतिशत राजस्वमा वृद्धि भएको जनाएको छ । सो आर्थिक वर्षमा रु दुई अर्ब ६३ करोड मात्र राजस्व सङ्कलन भएको थियो । झापाका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले कोरोना संकलनका करण विभागले दिएको लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताए ।

1

Scroll to Top