नेपाल प्रहरीको लागू औषध ब्यूरोले नक्कली नेपाली नोट कारोवारी पक्राउ गरेको छ । लागू औषध तथा नक्कली नोट कारोवार गर्दै छन् भन्ने विशेष सूचनाको आधारमा व्यूरोले नक्कली नेपाली तथा भारतीय नोट कारोवारी पक्राउ गरेको हो ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले बाराको महागढीमाई न.पा. -२ बरियापुर स्थित सडक किनारमा ना. ५४ प. ३८०५ नंम्बरको मोटरसाईकल सहित तिन जनालाई नियन्त्रण लिएको ब्यूरोले जनाएको छ ।
जिल्ला बारा सिम्रनगढ न.पा वडा नं. ४ ठेगाना भएका बर्ष २६ को मनोज साह तेली, बारा आदर्श कोटवाल गा.पा. वडा नं. ६ पटेर्वा ठेगाना भएका बर्ष ३० को नरेन्द्र प्रसाद कुशहवा र भारतको मोतिहारी थाना मजौर पञ्चायत जमुनिया ग्राम कुरैया भारत ठेगाना भएका बर्ष २५ को सुधिर कुमार कुशहवालाई पक्राउ गरेको हो ।
शरीर र मोटरसाईकलमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा प्रहरीले नक्कली नोट बरामद गरेको हो । उनीहरुको साथबाट अवैध नक्कली नेपाली रूपैया १००० दरको १४७० थान र १०० दरको ७४४ वटा थान गरी १५ लाख ४४ हजार ४ सय नेपाली रुपैया पक्राउ गरिएको हो । त्यसै भारतिय नक्कली रुपैया ५०० दरको २९७ वटा र ५० दरको ७०३ वटा गरी जम्मा भारतिय रुपैया १ लाख त्रियासी हजार छ सय पचाँस रुपैया बरामद गरेको छ ।


