Banijya News

मोटरसाइकल एक आपसमा ठोक्किँदा १ जनाको मृत्युु, ३ जना घाइते

1
1.0K Shares

सर्लाहीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्युु हुनेमा २३ वर्षीय बिबेक साह रहेका छन् । उनी बरहथवा नगरपालिका वडा नं. ५ का वासिन्दा हुन् ।

बरहथवा नगरपालिका वडा नं. ६ स्थित बरहथवा बाट नयाँ रोड तर्फ जाँदै गरेको बिआर ३० आर १७४८ भारतीय नम्बर प्लेटको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको बा.३८प. ८०७४ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मृतक साह लगायत अन्य ३ जना घाइते भएका थिए ।

घाइते हुनेमा बिआर ३० आर १७४८ भारतीय नम्बर प्लेटको मोटरसाइकल पछाडि सवार वडा नं. ५ कै २१ वर्षीय आस महम्द रहेका छन् । घाइते महम्दको सिटि पोली किलनिक बरहथवा अस्पतालमा उपचार भईरहेको छ । यसैगरी बा.३८प. ८०७४ नम्बरको मोटरसाइकल चालक बसवरिया गाउँपालिका वडा नं.३ भवानिपुर बस्ने ३१ वर्षिय नवलाल साह र सोही मोटसाइकल पछाडि सवार वडा नं. ३ बस्ने अन्दाजी ४८ वर्षिय राम सुधिर साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइतेलाई उपचारार्थ काठमाण्डौ लगिएको बताइएको छ ।

घटना गयराति ८ बजेको भएको जनाइएको छ ।

1

Scroll to Top