Banijya News

कोरानाबाट मृत्यु भएका सप्तरीका वृद्धको पसलमा काम गर्ने २ जना कर्मचारीमा पनि कोरोना पुष्टि

1
1.0K Shares

श्रावण ५, काठमाडौं ।
कोरोनाको कारण मृत्यु भएका सप्तरीका वृद्धको पसलमा काम गर्ने २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार ७२ वर्षका संक्रमित वृद्धको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकको पसलमा काम गर्ने दुई जना व्यक्तिमा संक्रमण देखिएको बताए ।

मृत्युपछि वृद्व मृतकको पसलमा काम गर्ने २ जना कामदारसहित १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमध्ये राजविराजस्थित उनको पसलमा काम गर्ने एक पुरुष र उनको कम्प्युटर मर्मत गर्न गएका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि आइतबार मृतक वृद्वका पत्नी, छोरा, बुहारी र नाति, नातिनासमेत गरी ५ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरूलाई चिकित्सकको निगरानीमा घरमै आइसोलेसनमा राखिएको छ ।

1

Scroll to Top